अफगानिस्तान मा रहेका नेपालीको उद्दार तत्काल हुने *प्रधानमंत्रीको निर्देशन*
669 Views
काठमाडौं, खोज मिडिया ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार तत्काल गर्न आवश्यक निर्देशन दिइसकेको बताएका छन् ।
देउवाले सुरक्षा र उद्दार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएकाले अत्यावश्यक उद्धार प्रबन्ध मिलाउन आइतबारै निर्देशन दिएको बताएका छन् ।
*सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सजगता र गम्भीरतापूर्वक अभिभावकको जिम्मेवारी निर्वाह गर्छ*। प्रधानमन्त्री देउवाले भनेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै देउवाले अफगानिस्तानमा नेपालीको अवस्था र स्थितिको तथ्य लिने काम भइरहेको बताएका छन् ।
*अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु*। प्रधानमन्त्री देउवाले लेखेका छन् ।





प्रतिक्रिया दिनुहोस