कोरोना संक्रमणको (रेड जोन)मा काठमाडौं निषेधाज्ञा कडाइ
393 Views
काठमाडौं, खोज मिडिया ३२ साउन । को रो ना सं क्र मितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई (रेड जोन)मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं/ भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका छन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई को रो नाको रे ड जो न मानेको र सं क्रमितको संख्या बढ्दै जाँदा निषेधाज्ञाको मोडालिटीमासमेत थप कडाइ गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताएका छन ।
उनले आमसर्वसाधारणले महामारीप्रति सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दा संक्रमणको गति उकालो लाग्दै गएकाले अवस्थाको विश्लेषण गर्ने काम भइरहेको जानकारी दिए ।
*काठमाडौं कोरोना संक्रमण बढ्दो छ/ हामीले अनुगमन टोली नै गठन गरेर स्वास्थ्य मापडण्ड पालना भए नभएकोबारे अनुगमन गर्दै आइरहेका छौं* पछिल्लो अवस्थाकोसमेत विश्लेषण गर्ने काम हुँदै छ। आमसर्वसाधारणलाई जथाभावी भीडभाड नगर्न/ मास्कको प्रयोग गर्न र बिनाकाम घरबाहिर ननिस्कनसमेत आग्रह गरिरहेका छौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौंमा ८ हजार ५ सय ७९, ललितपुरमा १ हजार ३ सय १९ र भक्तपुरमा १ हजार ९ सय १८ संक्रिय सं क्रमित छन् । काठमाडौंमा परीक्षण गरिएकामध्ये २५ देखि ३० प्रतिशतलाई सं क्रमण पुष्टि हुन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमणको दर कम हुनेभन्दा बढ्दो गतितर्फ रहेकाले प्रसासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी गरिरहेको जानकारी दिए ।
संक्रमणको आगामी तथ्यांकको विश्लेषण गरेर कस्तो मोडालिटीमा नियोधाज्ञालाई अघि बढाउने भन्ने तय गर्छौं। प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । हाल भने काठमाडौं प्रसासनले राति ८ बजेबाट सवारी साधन सञ्चालनमा रोक लगाइसकेको छ । रातिको समयमा भेटघाट बढी हुने भएकाले प्रशासनले यस्तो निर्णय गरेको हो ।
हाल को रो ना संक्र मणको गति बढ्दै जाँदा काठमाडौं उपत्यकाका निजी तथा सरकारी अस्पतालमा को रो ना सं क्रमि त बिरामीसमेत बढ्न थालिसकेका छन् भने संक्रमितको संख्यासँगै मृत्युदरसमेत बढ्दै जान थालेको छ । यसअघि काठमाडौं/ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा ८ भदौसम्म कायम गर्ने निर्णय गरेका थिए । काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषे धा ज्ञा जारी गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल दैनिक १० हजार हाराहारीमा कोरोना परीक्षण भइरहेको छ । यो परीक्षण हेर्दा प्रत्येक चार जनामा एकलाई संक्रमण पुष्टि भइरहेको छ । परीक्षणका क्रममा काठमाडौं उपत्यकालगायत ठूला सहरमा दैनिक २० देखि २५ प्रतिशतसम्म संक्रमण पुष्टि भइरहेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले शुक्रबार मात्रै कोरोना महा मा रीको तेस्रो लहर आउने सम्भावना रहेको भन्दै ७७ वटै जिल्लामा पहिलो र दोस्रो चरणमा सञ्चालित को रो ना अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले देशभरका बन्द कोभिड–१९ आइसोलेसन सेन्टर/ अस्पताल र शिक्षण अस्पताललाई पुन सूचीकरण एवं सञ्चालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।





प्रतिक्रिया दिनुहोस