स्थानीयले न्याय दिन ढिलाई गरेको भन्दै तालाबन्दी
418 Views
सप्तरी , खोज मिडिया ३१ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउपालिकाको ६ नम्बर वडा कार्यालयमा स्थानीय एक पक्षले तालाबन्दी गरेका छन् । महुली बजारका केही ब्यक्तीले बजारवासीलाई अभद्र ब्यवहार र समाजिक सदभाव खल्बल्याउने खालका गतिबीधी गरेकोमा छानवीन गरी उनीहरुमाथी कार्वाहीका लागी पहल गर्न पटक-पटक ध्यानाकर्षण गराउदा पनि वडाअध्यक्ष कुशुम आर्चायले आलटाल गरेको भन्दै स्थानीयले आईतवार तालाबन्दी गरका छन ।
कार्यालय खुल्ना साथ भेला भएका स्थानीयले कर्मचारीलाई बाहिर निकाल्दै ताला लगाई दिएका छन् । महुली बजारका मो.इनामुल आलमले बजारमा अराजक गतिबीधी गर्ने कार्यमा संलग्न समुहलाई झिकाई कार्यवाहीका लागी पहल गर्न पटक-पटक लिखीत र मौखिक जानकारी गराउदा समेत वडाअध्यक्ष आर्चायले वेवास्ता गरेपछि बाध्य भएर तालबन्दी गर्नु परेको जनाएको छ ।
अर्का स्थानीयवासी रामनारायण मेहताले समाजमा उत्पात मच्चाउने समुहमाथी का र्वाहीको पहलका लागि वडा कार्यालयलाई ज्ञापनपत्र तथा गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय महुलीमा समेत सो को बोदार्थ पत्र पठाउदा कसैले चासो नदेखाएको गुनासो पोखेका छन ।
जनप्रतिनिधीको उदासिनतादेखी लिएर आक्रोसित स्थानियले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यता वडाअध्यक्ष आर्चायले विवादको मुख्य विषय वडा कार्यालयमा निर्माणाधिन कार्यका लागी गठित उपभोक्ता समितीको कामको विषयलाई लिएर भएको बताएकी छिन् ।
एक पक्ष अर्काे पक्षमाथी आरोप प्रत्यारोपमा उत्रेपछि उत्पन्न विवादको समाधान गर्न लागी परेको बेला तालाबन्दी गर्नूको कूनै तुक नभएको उनको भनाई छ । *केही दिन यता म ज्वरोले घरमै बसिरहेकी छु ।*
उनले भनिन ‘अगामी मंगलवार दुबै पक्ष तथा स्थानीय भद्रभलादमीलाई राखेर विवादको समाधान गर्ने प्रतिबद्धता समेत जनाईसकेको थिएं,तर पनि तालाबन्दी गरिनु दुखद विषय हो ।उनले विपक्षीको उक्साहटमा एक पक्षद्वारा तालबन्दी गरिएको जनाउदै ताला खोलाउन आवश्यक पहल थालिएको जानकारी पनि गराएको छ ।





प्रतिक्रिया दिनुहोस