Breaking News: ३३ जनाकाे कोरोनाबाट मृत्यु
275 Views
काठमाडाैं, खोज मिडिया ३१ साउन । पछिल्लो २४ घण्टामा २,२१२ जनामा को रो ना भा इ रस संक्र मण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा को रो ना भा इरसको सं क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा को रो ना सं क्रम णबाट ३३ जनाको मृ त्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा को रो ना संक्र मितको कुल संख्या ७ लाख ३२ हजार ६९१ पुगेको छ । योसँगै नेपालमा मृ त्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ भने ६ लाख ८२ हजार ६८२ जना सं क्र म णमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना रहेका छन् । जसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७५८ जना आईसीयू र १९३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ४९ बालबालिकामा को रोना सं क्र मण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ३३ जना को रोना संक्र मित थपिएका छन् ।





प्रतिक्रिया दिनुहोस