हाइटी शक्तिशाली भूकम्पमा ३ सयको मृत्यु १८ सय घाइते
402 Views
काठमाडौँ , खोज मिडिया ३१ साउन हिजो शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले बताएको छ ।
शक्तिशाली घा त क कम्पन आएको एक दिनपछि युरोपेली–भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टर *इएमएससी* ले आइतबार सो कुरा बताएको छ । ग्रीनवीच समय अनुसार बिहान तीन बजे गएको पछिल्लो भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिमी ४१ किलोमिटर (२५ माइल) ३० किलोमिटर गहिराइमा रहेको जनाएको छ ।
शनिबारको भूकम्पमा परी ३०४ जनाको मृत्यु भएको, करिब एक हजार ८०० व्यक्ति घाइते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन् । भू क म्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवनहरू भत्किएका छन् । हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घो ष णा गरेको छ ।
यसपहिले सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भू कम्प ले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्ष*ति भएको थियो भने उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घ ट नामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।





प्रतिक्रिया दिनुहोस