मन्त्री यादवद्वारा भवनको सिल्यानास
344 Views
शम्भु चौधरी सिरहा ३१ साउन । सिरहाको भगवानपुर गाउँपालिकामा शनिवार छुट्टाछुट्टै दुई वटा भवनको सिल्यानास गरिएको छ ।
प्रदेश नम्बर – २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव र गाउँपालिका प्रमुख बेचन प्रसाद यादवले संयूक्त रुपमा भवनको शिलान्यास गरेका थिए । वडा नम्वर- १ मा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिकको शिलान्यास गरिएको छ, भने बालासुन्दरी भगवती मन्दिरको समेत एकैसाथ सिल्यानास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले जानकारी दिनुभयो ।
३ करोड ४१ लाख ९० हजार २० रुपैयाको लागतमा मन्दिर निर्माण हुने भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनका लागि करिब पोने ९ करोडको लागतमा चार तल्ले सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ ।
भवन निर्माणको काम गर्न रउतहा- अनसुमन जेभी काठमाडौलाई ठेक्का दिएको बुझिएको छ । वडा नम्बर – १ देखि ५ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य , विभिन्न पार्टीका राजनैतिक दलका प्रत्तिनिधी , कर्मचारी , स्थानीय बुद्धिजीवी , पत्रकार लगायत सयौ जनाको रोहवरमा औपचारिक कार्यक्रमको आयोजना गरी भवनको सिल्यानास गरिएको थियो ।
पालिकाको आफ्नो निजि भवन नहुँदा वडा नम्बर – १ को वडा कार्यालयमा गाह्रोसार्हो कामाकाज संचालन गर्दै आईरहेको एक जना कर्मचारी मनोज साहले बताए । गाउँपालिकाको आफ्नै भवन निर्माण हुने भएपछी स्थानीयहरु खुशी भएका छन् ।
मन्त्री यादवले तोकेको समयभित्र मापदण्डको पालना गरी गुणस्तरीय भवन बनाउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिएका छन् ।





प्रतिक्रिया दिनुहोस