देशभर आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न गृहमन्त्रालयको निर्देशन
439 Views
काठमाडौँ , खोज मिडिया ३० साउन । सरकारले को रो ना भा इ रस सं क्रमि तको उपचारका लागि आवश्यक आइसोलेसन सेन्टर/ अस्पताल र मेडिकल कजेललाई सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राखी अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन गरेको हो। को रोना को पहिलो र दोस्रो लहरका बेला सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको भन्दै सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको हो ।
गृहमन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर/अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्ने/ अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको इमेलमा पठाउने/ सूचीकृत अस्पतालहरूमा संक्रमितहरुको तथ्यांकरविवरण दैनिक रुपमा अनिवार्य अध्यावधिक गर्न लगाउने/ मासिक अत्यावधिक विवरण एकिन गरी सो अनुसार निःशुल्क उपचार भएका संक्र मितहरुको विवरण सम्बन्धित अस्पतालहरुलाई सोधभर्ना गर्ने प्रयोजनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने र सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण अनुगमन गर्न निर्देशन दिएको छ ।





प्रतिक्रिया दिनुहोस