मास्क र सेनिटाईजर प्रयोग गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण विषय (डा. स्मृति श्रेष्ठ)
369 Views
काठमाडौं, खोज मिडिया ३० साउन । को रो ना भा इर स (को भिड—१९) महा मा रीबाट जोगिनका लागि मुख्य ह तियार भनेकै मास्क र सेनिटाइजर हो । संक्र मणबाट जोगिनका लागि अनिवार्य रुपमा मास्क लगाउने गरिन्छ । साथै,साबुनपानीले हात सफा गर्न सम्भव नभएमा सेनिटाइजर प्रयोग गर्ने गरिन्छ ।
को रोना सं क्र मणबाट जोगाउन मद्दत गर्ने यिनै मास्क र सेनिटाइजरको नियमित प्रयोगले बेफाइदासमेत हुने अर्थात् छालामा केही समस्यासमेत देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् । लामो समयसम्म मास्क प्रयोग गर्दा अनुहारमा विभिन्न किसिमका समस्या देखिने गरेको छाला तथा कपाल रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठ बताउँछिन् । लामो समयसम्म मास्क लगाउँदा गाला,ओठ,नाक,चिउँडोबाट चिल्लो पदार्थ धेरै निस्कने,डन्डीफोर आउने,चिलाउने,पोल्ने आदि समस्या देखिने गरेको उनको भनाइ छ ।
डा. श्रेष्ठका अनुसार लामो समयसम्म मास्कको प्रयोग गर्दा छालामा जलन हुने र बढी सुक्खा हुने वा बढी चिल्लो आउने गर्छ । त्यसपछि क्रमशः अनुहारमा डन्डीफोर आउने,चिल्लो पदार्थ आउने,चिलाउने,पोल्ने जस्ता समस्या देखिने उनले बताइन् ।
कोरोना महामारीको वर्तमान समयमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ । तर,छालालाई इरिटेट गर्नेे जस्तोसुकै मास्क प्रयोग गर्न नहुने उनले बताइन् । छालालाई इरिटेट बनाउने मास्क लामो समयसम्म लगाउँदा मास्क लगाएको भागमा समस्या देखिन सक्ने उनको भनाइ छ ।
कस्तो मास्क प्रयोग गर्ने ?
लामो समयसम्म मास्क लगाउँदा मास्कले छोपेको ठाउँ इरिटेड हुने भएकाले छालालाई इरिटेट हुनबाट जोगाउनका लागि कपडाको मास्क प्रयोग गर्न उनले सुझाव दिइन् । खासगरी कटन,सिल्कको कपडाको मास्क प्रयोग गर्न उत्तम हुने उनले बताइन् ।
जुनसुकै खालको मास्क प्रयोग गरे पनि कम्तीमा ३/४ घण्टामा खोलेर ब्रेक दिनुपर्ने उनको सुझाव छ । उनका अनुसार भिडभाड,हुल नभएको खण्डमा वा आफु नजिकै सम्पर्कमा कोही छैन भने सम्भव भएसम्म मास्क लगाएको ३/४ घण्टामा कम्तीमा १० मिनेट जति मास्क खोलेर बस्नु उत्तम हुने उनले बताइन् ।
उनका अनुसार यसरी बेलाबेलामा मास्क खोल्दा छाला इरिटेट हुँदैन । अमेरिकी ड्रामालोटोजीको गाइडलाइनले पनि तीनदेखि चार घण्टाको बीचमा सम्भव भएसम्म १० मिनेट जति मास्क खोल्नुपर्ने जनाएको उनले सुनाइन् ।
मास्क लगाउँदा सहज भएको छैन,छाला इरिटेट भएको छ भने पुनः त्यही मास्क नलगाउन पनि उनले सुझाव दिइन् । मास्क लगाउँदा धेरै चिल्लो पदार्थ आउने साथै पसिना पनि आउँछ भने मास्कले ढाक्ने क्षेत्रमा रेटिनो क्रिम प्रयोग गर्न सकिने उनको भनाइ छ ।
डा. श्रेष्ठका अनुसार मास्क लगाउँदा धेरै पसिना आएमा हल्का टिस्यु पेपरले पुछेर मास्क लगाउन सकिन्छ । घरमा पुगेपछि मास्कले गर्दा चिपिक्क भएको भागलाई हल्का चिल्लो पानीजन्य पदार्थ अर्थात् क्रिमले पहिला सफा गर्ने,त्यसपछि मुख सफा गर्न उनको सुझाव छ ।
मास्क प्रयोग गर्नुभन्दा पहिला अनिवार्य रुपमा मोस्चराइजर प्रयोग गर्ने तर अनुहारको छालाको प्रकार अनुसारमात्र मोस्चराइजर प्रयोग गर्नुपर्ने उनले बताइन् । यी विधि प्रयोग गर्दा पनि अनुहारमा डन्डीफोर,बढी चिल्लो पदार्थ आउने,चिलाउने,पोल्ने क्रम कम भएन भने छाला रोग विशेषज्ञसँग सल्लाह लिन उनको सुझाव छ ।
को रोना म हामा रीमा सेनिटाइजरको प्रयोग गर्नेको संख्या पनि निकै छ । महा मारीभन्दा अघि प्रायः मेडिकल क्षेत्रका स्वास्थ्यकर्मीले मात्र सेनिटाइजर प्रयोग गर्ने गरेको उनले सुनाइन् ।
सेनिटाइजरको प्रयोग गर्दा हातको छाला जाने समस्या नौलो नभएको उनको भनाइ छ । समय समयमा साबुनपानीले हात सफा गर्ने अवस्था नभएको खण्डमा आवश्यकताको आधारमा मात्रै सेनिटाइजरको प्रयोग गर्नुपर्ने उनले बताइन् । ह्यान्ड सेनिटाइजरमा अल्कोहल हुने भएकाले छालाको पहिलो सतह फाल्ने गर्छ । जसले गर्दा छाला नाङ्गो जस्तो हुने डा. श्रेष्ठको भनाइ छ । सेनिटाइजर प्रयोग गर्नुभन्दा पहिला हातमा सामान्य पातलो खालको मोस्चराइजर लगाएरमात्र सेनिटाइजर दल्न उनले सुझाव दिइन् ।
पहिला सामान्य पातलो खालको मोस्चराइजर लगाएर सेनिटाइजर हातमा दल्ने बित्तिकै हल्का चिसो सेनिटाइजर हुँदै चिल्लो खालको भ्यासलिन लगाउँदा हातको छाला जानबाट जोगाउन सकिने उनको भनाइ छ । कतिपय व्यक्तिमा सेनिटाइजरको प्रयोगले हातको छालाको माथिल्लो भाग जाँदा एक्जिमा र एलर्जी हुने उनको भनाइ छ ।
उनका अनुसार त्यस्तो अवस्थामा पहिला भ्यासलिन त्यसपछि मोस्चराइजर प्रयोग गर्ने गर्नुपर्छ तर,जति चिलाए पनि कन्याउन नहुने उनले बताइन् । तर,सेनिटाइजर लगाएको ठाउँमा धेरै चिलाउने अथवा हातबाट पानी नै निस्किएको अवस्थामा विशेषज्ञको सल्लाह लिन आवश्यक पर्ने उनको भनाइ रहॆको छ ।





प्रतिक्रिया दिनुहोस