एमालेले विज्ञप्ति नै निकालेपछि प्रदेश प्रमुखले दिए काउन्टर
256 Views
काठमाडौं , खाज मिडिया ३० साउन । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले प्रदेश सभाका दुई सांसदको विषयलाई लिएर प्रदेश प्रमुख माथि आक्षेप लगाएको भन्दै प्रदेश प्रमुखको सचिवालयले कडा जवाफ फर्काउदैँ ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीवार लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका मन्त्री अजय बहादुर शाही र सांसद विमला वली एमाले सांसद रहेको जिकिर गर्दै एमाले अध्यक्ष गिरीले प्रदेश प्रमुख अमिक शेरचननै गैरसंवैधानिक कार्यमा सम्लग्न भएको आ रो प लगाउदै प्रेस विज्ञप्ति जारी गरेका थिए ।
उक्त प्रेस विज्ञप्तिप्रति प्रदेश प्रमुखको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुक्रबार एक विज्ञप्तिमार्फत एमालेलाई कडा जवाफ फर्काएको हो । प्रदेश प्रमुखलाई अनावश्यक रुपमा तुच्छ आरोप लगाउन कार्य निन्दनीय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुखको स्वकिय सचिवालयका प्रेम नारायण आचार्यद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख कुनै दलको सदस्य नहुने स्पष्ट पार्दै संविधानको दिएको जिम्मेवारी पुरा गर्ने काम बाहेक अन्य केही नगर्ने उल्लेख गरिएको छ ।





प्रतिक्रिया दिनुहोस