अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
323 Views
काठमाडौँ , खोज मिडिया ३० साउन । लगातारको वर्षाका कारण प हि रो आउँदा अ वरु द्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अ व रु द्ध भएको थियो ।
अव रुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
राजमार्ग अव रुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गएरातिदेखि बन्द भएको थियो । उक्त राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अव रुद्ध हुँदै आएको छ ।





प्रतिक्रिया दिनुहोस