(नेपालमा उच्च संक्रमर्ण सार्क मुलुक मध्य )अब के होला नेपालमा ?
291 Views
काठमाडौँ , खोज मिडिया ३० साउन । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा को भि ड–१९ को स ङ्क्र मण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय स ङ्क्र मणको दर बढ्दो रहेको छ । अझ को भि डका कारण मृ त्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।
भा इ रसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्र मणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।
चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्र मणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।
चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ । नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र सङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृत्युदर १.४ नै रहे पनि स ङ्क्र मणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।
अगस्त ७ मा अफगानिस्तानको मृ त्युदर ४.६ र सक्रिय स ङ्क्र मणको दर २७.४, बङ्गलदेशको मृत्युदर १.७ र सक्रिय स ङ्क्र मण दर ११.१, भुटान मृ त्युदर ०.१ र सक्रिय सङ्क्र मण दर ४.७, माल्दिभ्समा मृ त्युदर शून्य र सक्रिय स ङ्क्र मणको दर ९०.३, पाकिस्तानमा मृ त्युदर २.२ र सक्रिय स ङ्क्र मणको दर ७.५ तथा श्रीलङ्कामा मृ त्युदर १.५ र सक्रिय स ङ्क्र मणको दर ९.६ प्रतिशत रहेको थियो ।





प्रतिक्रिया दिनुहोस