स्व. दीपेन्द्रको स्मृतिमा खाद्यान्न वितरण (भिडियो सहित, फोटो फिचर )
722 Views
कास्की , खोज मिडिया २९ साउन । पोखरा -१६ , लामाचौर बाँनियाथर निवासी स्व.दिपेन्द्र बाँनियाको तेश्रो पुण्य तिथिका सन्दर्भमा शुक्रबार उनको घर परिवारबाट पोखरा-१४, बाच्छी बुडुवा स्थित वात्सायन बृद्धाश्रमका बृद्ध-बृद्धाहरुलाई खाद्यन्न सामग्री हस्तान्तरण गरी मृ*तकको स्मरण गरेका छन् ।
पराम्परागत रुपले तामझाम भन्दा नि त्यही खर्चले असक्त अशाह्य बृद्ध-बृद्वाहरुलाई भोक मेटाउदा आफूलाई अझै सन्तुष्टि हुने हुदा यसरी खाध्यान्न सामाग्री वितरण गरिएको स्व.दिपेन्द्र बानियाँकी धर्मपत्नी सम्झना थापा बानियाँले बताउनु भयो ।
सुगम ठाउँहरुमा रहेका बृद्दाश्रमहरुमा धेरैको नजर पुग्ने तर अलि कोल्टो परेको र दुर्गम ठाउँका बृद्वश्रमहरुमा त्यति दाता नपुग्ने भएकोले पोखरामा भएर पनि ओंझेल परेको वात्सायन बृद्धाश्रमलाई खाध्यान्न हस्तान्तरण गरिएको कुरा स्व. दिपेन्द्रका परिवार स्रोतले बताउनु भयो ।
स्व. दिपेन्द्रका छोरी सिम्रन बानियाँ र नाबालक छोरा सम्राट बानियाँले बृद्वबृद्वाहरुलाई दुध, दही, फ्रुटि लगायत अन्य खाद्य सामग्री बितरण गर्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस