पहिरोले ११ घर पुरिए बाँकी बस्ति जोखिममा
396 Views
दोलखा , खोज मिडिया २९ साउन । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङको खहरे रानीवनमा गएको प हि रोका कारण बस्ती नै जोखिममा परेको छ । प हि रोले सयौं घर विस्थापित भएका छन् भने गत वर्ष ९ र अहिले २ गरी ११ घर पुरिएका छन् ।
गत सालबाट आएको रानीवन प हिरो निया न्त्रणतर्फ कसैको ध्यान नगएको कारण सयाैँ घर विस्थापित र हजारांै रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत वर्ष ९ घर र यसपटक २ घर पुरिएका छन् । समयमै पहिरो नियन्त्रणमा सरोकारवाला निकायले पहल नगरेका कारण सिंगो बस्ती ने स्तान्तरण गर्नुको विकल्प नभएको स्थानीयको भनाइ रहेको छ ।
ठूलो पहिरो गएको छ, यसको नियन्त्रणमा अरबौ रुपियाँ लाग्ने अवस्था देखिएको कालिञ्चोक गाउँपालिकाकी उपप्रमुख कालिका पाठकले जानकारी दिएका छन । मन्त्रीको बस्ती स्थातान्तरणको आश्वसनको पर्खाइरहेका नागरिक सर्वश्व गुमाउन बाध्य भएको खहरे रानी वन उपभोक्ता समितिका अध्यक्ष अर्जुन थामीले बताए ।
सिन्धुपाल्चोक पहिरोपछि देशकै ठूलो पहिरो भएको स्थानीयले बताएका छन् । पानी प-यो की रातभर यहाँका नागरिक जागै बस्छन् । गरिखाने जग्गा जमिन बगरमा परिणत भएको स्थानियबासी गोकर्णप्रसाद भण्डारीले जानकारी दिए । भू क म्पपछि बास बस्नलाई बनाएका घर टहरामा समेत पानी परेपछि अर्को गाउँमा गएर बस्नुपरेको छ । सरकारको तत्काल ध्यान जागृत गराई पीडितको उद्धार गरिदिन नागरिकहरूले आग्रह गरेका छन् ।
चार सय घरपरिवारको हजारौं रोपनी खेत र बारी पहिरोले बगाएको वडाले तथ्यांक निकालेको छ । अघिल्लो वर्ष र यस वर्षको पहिरोले चार सय ५ जनाको खेतीयोग्य जमिन प हि रोले बगाएको सोही वडाका वडा अध्यक्ष सुवास थामीले जानकारी दिए ।
केही दिन अघि वडालाई बाग्मती प्रदेश सरकारले क्षति र पीडितको तथ्यांक तत्काल निकाल्न निर्देशन दिएअनुसार वडाले अहिले पीडितको तथ्यांक संकलन गरिरहेको हुँदा अहिलेसम्म प हि रोले ४ सय ५ जना लापिलाङ बासिन्दाको खेतीयोग्य जमिन बगाएको छ । प हि रोले गरिखाने खेतबारी बगाउँदा १५ घर परिवार सुकुम्बासी बनेका छन् ।





प्रतिक्रिया दिनुहोस