चिनियाँ इन्जिनियरमाथि भएको आत्मघाती हमलामा भारत र अफगानिस्तानको हात रहेको पाकिस्तानको आरोप
424 Views
एजेन्सी , खोज मिडिया २९ साउन । पाकिस्तानले गत महिना खैबर पख्तूनख्या प्रान्तमा एक बसमाथि भएको आ त्म घाती ह म लाको आ रो प भारत र अफगानिस्तानमाथि लगाएको छ ।
उक्त घ ट नामा ९ जना चिनियाँ इन्जिनियरसहित १३ जनाको मृ त्यु भएको थियो । इस्लामाबादमा मिडियासँग कुराकानी गर्दै पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेशीले उक्त हम लामा भारत र अफगानिस्तानको हात रहेको आरोप लगाएका हुन् । कुरेशीका अनुसार हमलामा प्रयोग भएको कार अफगानिस्तानबाट ल्याइएको दा बी गरे ।
कुरेशीका अनुसार पाकिस्तानका अनुसन्धान अधिकारीहरूले ३६ वटा सीसीटीभी फुटेज खोतलेर १४ सय किलोमिटर क्षेत्रमा जाँच गरेर यस घटनामा संलग्न मानिसहरूको बारेमा पत्ता लगाउन सफल भएको जिकिर गरे ।
यसमा दुई देशको सुरक्षा एजेन्सीको हात रहेको बताउँदै भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ्ग *रअ* र अफगानिस्तानको नेशनल डायरेक्टरेट अफ सेक्युरिटी *एनडीएस* ले मिलेर यो घ ट ना घटाएको दाबी गरे । भारतले पाकिस्तान र चीनको सम्बन्धमा दरार ल्याउन यस्तो कदम चालेको बताए ।
चिनियाँ इन्जिनियरमाथि गत १३ जुलाईमा हमला भएको थियो । उनीहरू सबै डासू ड्याम परियोजनामा काम गर्थे । चीनको कम्पनीले सिन्धु नदीमा ४३ सय मेगावाट जलविद्युत् आयोजनामा काम गरिरहेको छ । पाकिस्तानको साथै चीनको एजेन्सीले यस घ ट नामा काम गरेको थियो ।





प्रतिक्रिया दिनुहोस