एलबम बनाउन सरकारी गाडिको दुरुपयोग गर्दै मेयर पटेल।
1460 Views
मेवालाल यादव
रौतहट, साउन २८, खोज मिडिया । रौतहट जिल्लाको गोनाहि देवाहि नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले भोजपुरी गितको एलबम बनाउन सरकारी गाडिको दुरुपयोग गर्ने गरेको छ ।
सरकारले स्थानिय तहका जनप्रतिनिधि हरुलाइ कार्यालयको काममा प्रयोग गर्न गाडि उपलब्ध गराएकोमा मेयर पटेलले नाचगान र गित बनाउन सरकारी गाडिको प्रयोग गर्ने गरेको छ । यसरी सरकारी गाडिको दुरुपयोग गर्ने मेयर पटेल नाचगानमा मात्र नभई अरु व्यत्तिगत काममा समेत सरकारी सम्पत्तिको दुरुपयोग गर्ने गरेको देखिन्छ । यसरी सरकारी गाडिको दुरुपयोग भइरहदा सम्बन्धित निकाय मौन रहेको छ । मधेसको लाल उडावेला गुलाल गीतमा मेयर पटेलले आफैं नाच्नु भएको छ । यो गीतको गायक सुरज मिश्रा र KM Films बाट रिलिज भएको थियोे ।
प्रदेश १-०२-००१ झ ००२८ नम्बरको सरकारी गाडीको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले दुरुपयोग गरेको छ ।





प्रतिक्रिया दिनुहोस