जुवातास खेल्ने व्यक्तीहरु नियन्त्रणमा लिईएको
641 Views
पोखर, साउन २८, खोज मिडिया । पोखराको उत्तमचोकबाट जुवातास खेल्ने व्यक्तीहरु नियन्त्रणमा लिईएको । जिल्ला कास्की पोखरा मनपा वडा नं १० उत्तमचोक स्थित बत्तिसचर्च पछाडी ईश्वरी पौडेलको घर फ्ल्याट भाडामा लिई बस्ने सरु गुरुङले सोही फ्ल्याटको कोठामा अवैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सुचनाको आधारमा मिती २०७८।०४।२७ गते १६:३० बजेको समयमा प्रहरी टोली उक्त स्थानमा पुग्दा तास खेलिरहेका फ्ल्याट भाडामा लिई बस्ने सरु गुरुङ सहित १३ जना व्यक्तीहरुलाई नगद रु ३,५१,५४०।- (नगद रु तीन लाख एकाउन्न हजार पाँच सय चालिस मात्र), तास सहित नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडी बढाईएको ।





प्रतिक्रिया दिनुहोस