सप्तरीमा डाक्टरको चरम लापरबाहीले एक शिशुको मृत्यु
274 Views
शम्भु चौधरी, सिरहा २८ साउन । सप्तरीको बलान बिहुल गाउँ पालिकाको ६ स्थित स्वास्थ्य चौकी रौटहटमा डाक्टरको चरम लपरवाहीक्को कारण सोमबार राति एक शिशुको ज्यान गएको छ।
जन्मिएको शिशुमा स्वास्थ समस्या देखिएपछि आमा र बच्चालाई त्यहाँबाट बाहिरको लागि रेफर गरिएको स्वास्थकर्मी बताउँछन् । उता रेफर गर्न ढिलाई भएको कारण शिशुले ज्यान गुमाएको भन्दै स्थानीय आक्रोसित भएका थिए ।
ब्यथा लागेपछि स्थानीय नजिकैको स्वास्थ चौकीमा जाने हो तर त्यहाँका स्वास्थकर्मीको गैरजिम्मेवारीका कारण शिशु वा आमाको ज्यानै ज्यानै जानु दण्डहीनता भएको रौतहटवासीको भनाइ छ ।
आक्रोशित स्थानीयले स्वास्थ चौकीमा तालाबन्दी गरि विरोध प्रदर्शन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस