कोरोना संक्रमर्ण बाट प्रहरी हवल्दार को मृत्यु ( स्यांजा )
470 Views
स्यांजा, खोज मिडिया २८ साउन । स्याङ्जामा को रो ना सं क्रमि तहरुको रेखदेखमा खटिएका एक प्रहरी हवलदारको कोरोना सं क्रम ण कै कारण मृ त्यु भएको छ ।
गुल्मीको मालिका गाउँपालिका अर्जे घर भइ स्याङ्जाको रत्नपुर चौकीमा कार्यरत ३६ वर्षीय प्रहरी हवलदार अस्मित पोखरेलको को रो ना सं क्र मणबाट नि ध न भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदम राज थापाले जानकारी दिएका छन ।
प्रहरी निरीक्षक थापाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि भैरहवा मेडिकल अस्पताल पुगेर स्वास्थ्य जाँच गर्ने क्रममा पोखरेलमा साउन २० गते को रोना पुष्टि भएको थियो । को रोना पुष्टि हुनासाथ २० गते नै नेपाल प्रहरी अस्पताल काठमाण्डौमा उपचारका लागि पुग्नुभएका पोखरेलको उपचारकै क्रममा साउन २५ गते मृ त्यु भएको प्रहरी निरीक्षक थापाले बताए ।
पोखरेल रत्नपुरमा सञ्चालित आइसोलेसनमा को रो ना सं क्रमितहरुलाई रेखदेख गर्ने तथा सं क्रमितहरुलाई उपचारको लागि अस्पतालसम्म ल्याउने लैजाने कार्यमा अग्रसर हुनुहुन्थ्यो । को रोना सं क्र मितहरुको रेखदेखकै क्रममा सं क्र मण पुष्टि भएका रत्नपुर चौकीका अन्य ४ जना प्रहरी कर्मचारीहरूको हिजो बुधबार नतिजा नेगेटिभ आएपछि ड्युटीमा फर्किएको प्रह री निरीक्षक थापाले बताए ।





प्रतिक्रिया दिनुहोस