कांग्रेसका युवा नेताहरूले सभापति देउवालाई विधान र संविधान बुझाउने
308 Views
काठमाडौँ , खोज मिडिया २८ साउन । नेपाली कांग्रेसका युवा नेताहरूले संविधान र पार्टी विधान सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेका छन् ।
संविधान र पार्टी विधानअनुसार सभापति देउवाले थप गरेको कार्यकाल भदौ २३ गते सकिँदैछ। त्यसपछि पार्टी वैधानिकता संकटमा पर्ने देखिएकोले त्यसअघि नै महाधिवेशन गर्न युवा नेताहरूको माग छ।
सभापति देउवासहित शीर्ष नेतालाई बिहीबार केन्द्रीय समिति बैठक बस्नु अगाडि संविधान र विधान बुझाउने तयारी युवा नेताहरूको छ । कांग्रेस नेता रञ्जित कर्णले पार्टी संकटमा पर्न सक्ने देखिएकोले संविधान र विधान सभापतिलगायत शीर्ष नेतालाई बुझाउन लागिएको बताए ।
‘पार्टीको वैधानिकता सकिएर लज्जाको अवस्था नआओस्,’ उनले भने,! (संविधान र विधान हेरेर निर्णय गर्नुस् भनेर ध्यानाकर्षण गराउन लागेका छौं।)
कांग्रेसका करिब ५० जना युवा नेताहरूले पार्टीको वैधानिकता सकिन लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। उनीहरूले यसबारे संविधानविदहरूसँग पनि बुधबार छलफल गरेका थिए।
अर्का नेता क्षितिज भण्डारीले पार्टीले वैधानिकता गुमाएको खण्डमा निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्था आउनेतर्फ नेताहरूले ध्यान दिनुपर्ने बताए का छन । *पार्टीले निर्वाचन आयोगमा वैधानिकताको भिख माग्नुपर्ने हुन सक्छ। उनीहरूले जे पनि निर्णय दिन सक्छन् त्यसैले समयभित्रै महाधिवेशन गरौं,’)उनले भने !
कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्छ। विशेष अवस्था देखाए सभापतिले थप एक वर्ष म्याद बढाउन पाउँछन्। त्यसपछि संविधानअनुसार थप छ महिना म्याद बढाउन मिल्छ। यी सबै वैधानिक बाटोबाट देउवाले म्याद थपिसकेका छन्।
को रो नाको अवधिलाई शुन्य समय मानेर महाधिवेशन असोज वा मंसिरमा गर्ने गरी सार्ने तयारी पनि भइरहेको छ। क्रियाशील विवाद र को रो ना महा मारीले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नहुने नेताहरू नै बताउन थालिसकेका छन् ।





प्रतिक्रिया दिनुहोस