१०० रोपनी जग्गामा अर्गानिक कृषि खेति गर्दै, ग्रिनिज ओल्ड रेकर्डमा नाम लेखाउन सफल (पेम्बा दोर्जे शेर्पा)
814 Views
कास्की , खोज मिडिया २७ साउन । माछापुछ्रे गाउँपालिका वार्ड न;६ भिडाबारी स्थित १०० रोपनी जग्गामा कृषि फारम व्यवसाय संचालन भईरहेको छ । विस्व्भरि फैलिएको को रो ना महामारीका कारण कुनै काममा संग्लग्न हुन नपाए पछि आम नागरिक मर्कामा परेको हुदा लक्डउन को समयलाई सदुपयोगको लागि कृषि व्यवासय योग्य रहेको भन्दै कृषिमा लागेका पेम्बा दोर्जे शेर्पा बताउनुहुञ्छ ।
उक्त कृषि खेति गत वैशाख १९ गतेबाट सुरुवात गरेको बताउनुभएको छ । सो ठाउमा विभिन्न प्रकारका तरकारी जन्य खेति लगाएका छन । तरकारीमा काक्रो, बोडी, फारसी, घिरौला, गोलभेडा, करेला जस्ता तरकारी खेति लगाएर उब्जनी गरि बिक्रि वितरण गरिरहेका छन । तरकारी किनमेल गर्नको लागि प्राय जसो स्थानीय बासिन्दाको भिड लाग्ने बताउछन । केहि मात्रामा व्यापारका लागि ढुवानी सेवाबाट पोखरा सम्म बेचबिखन गर्न लैजाने बताउनुहुन्छ पेम्बा शेर्पा ।
उक्त कृषि खेतीको नाम “मर्दी एग्रो फारम एण्ड रिसर्च सेन्टर” रहेको छ । सो फारमका संचालक वरिष्ठ अधिवक्ता बिष्णु भुषाल, पर्यटन व्यवसाय एवम ट्रेकिंग व्यवसाय पेम्बा दोर्जे शेर्पा, आदित्य भुषाल, संग्राम गुरुङ, “म्यानेज एण्ड प्रोमोटेट हिमालयन शेप्रेट” रहेको छ । आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोच रहेका यी युवा व्यवसायहरुलाई भिडा बारी का स्थानीय जनताहरु द्वारा खादा , फूलमाला का साथ स-सम्मानित भई सो स्थानमा प्रवेश गरेका थिए ।
कृषि खेति मात्रा नभई गाई पालन ,कुखुरा पालन ,हाँस पालन ,माछा पालन लगाएतका व्यवसाय समेत सुरु गरेका छन । कृषि खेति गर्न सिक्न चाहने र गर्न चाहने व्यक्तिहरुलाई पनि बिना रकम तालिम उपलब्ध गराउने व्यवस्था समेत रहेको पेम्बा शेर्पाले खोज मिडिया संग बताउनु भयो । शेर्पा को कृषि खेति पार्ट टाइम भएको र आफु भने विशेष गरि पर्यटन तथा ट्रेकिंग व्यवसाय आफ्नो छुटै पेशा भएको बताउनु हुन्छ ।
उँहाले कृषि खेति संगै पर्यटन सम्बन्धि तालिम पनि उपलब्ध गराउने बताउनुभयो । ईच्छुक युवा हरुलाई ट्रेकिंग व्यवसाय , पर्यटन व्यवासय र कृषि व्यवसायको तालिम दिईने र आत्मा निर्भर भई काम गर्न सक्ने गरि योग्य बनाउन उहाहरु हरपल लागिपर्ने प्रतिबद्दता समेत दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस