आ*गा लागिबाट ८ पसल जलेर नष्ट (सुनसरी)
300 Views
धरान , खोज मिडिया २७ साउन । सुनसरीको धरान–२ स्थित घण्टाघरको पछाडि गए राति भी षण आ गला गी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आ गला गी भएको हो । आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठवटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन ।
आ गला गीमा परेर खुसी मगरको कस्मेटिक तथा रेडिमेड कपडा पसल, मनिता साहको रेडिमेड कपडा पसल, सति राईको कस्मेटिक तथा रेडिमेड कपडा पसल, कोपिला श्रेष्ठको कस्मेटिक तथा रेडिमेड कपडा पसल र विनय लिम्बूको होटल पूर्णरूपले जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
आ गला गीका कारण र क्ष तिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरान उपमहानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आ गो निभाइएको थियो ।





प्रतिक्रिया दिनुहोस