ह्वात्तै घट्याे सुनकाे भाउ यति छ प्रतिताेला मुल्य
698 Views
काठमाडौं , खाेज मिडिया २७ साउन । पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ ।
मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस