दुर्गेशलाई दोहोरि प्रतिसठान बाट , सदस्यता खारेज
394 Views
काठमाडौँ , खोज मिडिया २६ साउन । कलाकार दुर्गेश थापालाई बहिष्कार नभएर सदस्यता खा रे ज मात्र गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले प्रष्ट जनाएको छ । प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गर्दै गीत प्रकाशन पूर्व नै प्रतिष्ठानले (ख्यास्स पुतली) शब्द संसोधन गर्न गरिएको लिखित अनुरोधलाई वे वा स्ता गरेकोले प्रतिष्ठानको साधारण सदस्य समेत नरहने गरी सदस्यता खा रेज गरिएको बताएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी/ महासचिव सुवास केसी तथा वि कृ ति वि सं गति न्यूनि करण कार्यदलका संयोजक शिव हमालले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाली हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा सामाजिक सञ्जालमा बिभिन्न माध्यमबाट सम्प्रेशित तीज गीत संगीत मध्ये (ख्यास्स पुतली) को बारेमा पक्ष/विप क्षमा रहि सामाजिक सञ्जालमा देखा परेका टिका टिप्पणी, धेरै भएको थियो ।
सो विषयमा जनगुनासो र यस प्रतिष्ठानसँग लोकसंगीतकर्मी र शुभचिन्तकहरुको सकारात्मक अपेक्षालाई पनि ध्यान दिदै कलाकार दुर्गेश थापाज्यूलाई गीत प्रकाशन पूर्व नै यस प्रतिष्ठानबाट उक्त शब्द (ख्यास्स पुतली) संसोधन गरिदिन गरेको लिखितम् हार्दिक अनुरोधलाई विल्कुलै व्यवास्ता गरेको बताएको छ ।
व्यवास्ता गरेको भनि निजले प्रतिष्ठानसँग आफ्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टीकरण दिएको हुनाले यस प्रतिष्ठानको मिति २०७८ श्रावण १७ गते बसेको केन्द्रीय समितिको बैठकबाट बि धानत् परिच्छेद (७) धारा (२६ ) को उपधारा १ बमोजिम निजको साधारण सदस्य समेत नरहने गरी सदस्यता खा रेज गर्ने निर्णय गरिएको हो । भनि उल्लेख गरिएको छ ।
यसैगरी प्रतिष्ठानले सामाजिक सञ्जालमा लेखिए जस्तो कलाकार थापालाई बहिष्कार होइन सदस्यताबाट बञ्चित गरिएको हो भनेर खुलाएको छ । लोक संगीत शुभचिन्तकका सम्पूर्ण गुनासो र ख बर दारीमा प्रतिष्ठान विधानसम्वत परिधिमा रही राज्यका सम्बन्धित निकायमा सुधारका लागि प्रतिष्ठानले विज्ञप्ति मार्फत नै आग्रह समेत गरेको थियो ।





प्रतिक्रिया दिनुहोस