प्रतिवादको चपेटाबाट जोगिनको लागी समाधनामा अधारीत समाज बनाउनु पर्छ, प्रदेश २ प्रमुख अहिराज
752 Views
शम्भु चौधरी सिरहा २६ साउन । प्रदेश २ का प्रमुख डा राजेश झा अहिराजले प्रतिवादको चपेटाबाट जोगिनको लागी समाधनामा अधारीत समाज बनाउनु पर्छ, बताएको छ । सिरहाको लहानमा सञ्चारकर्मीहरुको सहकार्यको विषयमा भएको छलफलमा प्रदेश प्रमुख झाले समाज जागरुक, सचेत र सक्रिय भए अपराध न्यूनभएर जाने बताएको हो ।

समाजलाई सचेत, जागरुक र सक्रिय बनाउन राष्ट्रसेवक कर्मचारी र सञ्चाकर्मीहरुको महत्वपूर्ण भूमिका रहने पनि उनले जनाए । प्रदेश प्रमुख झाले त्यसको लागि सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीहरुको विचमा सहकार्य आवश्यक रहेको बताए ।
उनले भने हरेक घटनालाई राजनीति करण गर्ने परम्परालाई तोड्नसके सुरक्षा चुनौति न्यूनहुने जनाए । त्यसको लागि सञ्चाकर्मीहरुले अपराधिक घटनालाई राजनीतिकरण हुनबाट रोक्न योगदान गर्नुपर्ने बताए ।
छलफल कार्यक्रममा जिल्लाको सुरक्षा अवस्था, सीमाका समास्या,चुरे नदी दोहन, लागु औषध लगायत अन्य विषयमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कण्डेलले जानकारी गराएका थिए । जिल्लामा कोभिड नियन्त्रणका लागि भएका कामहरुको वारेमा पनि जिल्ला प्रमुले जानकारी गराएका थिए ।

शेर गण चोहर्वाका प्रमुख सेनानी सुमन थापाले सेना नागरिक विच भएका कार्यहरुको बारेमा जानकारी गराए । विभिन्न घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख हिरावहादुर पाण्डेले जानकारी गराएका थिए । उनले अहिलेपनि जिल्लामा प्रत्यक महिना तीनसय बढी महिला हिंसाका घटनाहरु हुनेगरेको जनाए । दहेज र अशिक्षाका कारण घटना हुनेगरेको जनाए । सोहीक्रममा सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरी र राष्ट्रिय अनुसन्धान आयोगका जिल्ला प्रमुख तुलशिराम प्रसाईले जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला सभापति मनोज यादव वनैता,उपसभापति गणेश साह, महासचिव शिवदयाल यादव सहित दर्जन भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस