भदौ ५ गते सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय
646 Views
त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । स्नातक र स्नाताक्कोत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालन भईरहेका छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने भएको छ । त्रि/वि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय भएको बताएका छन ।
को*रोना सं*क्र*मण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे हिजो त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक बसेको थियो । उक्त बैठकले पहिले नै (रूटिन) निकालिसकेका र परीक्षा चलिरहेका सबै संकायका परीक्षा यथावत् सञ्चालन गर्ने निर्णय गरेको छ ।
*वार्षिक प्रणालीका परीक्षा साउन २९ गते सकिन्छ। सेमेस्टर प्रणालीका परीक्षा भदौ ५ गतेसम्म चल्छन्। यी कुनै पनि परीक्षा रोकिँदैन,* परीक्षा नियन्त्रक जोशीले भने। परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न भनिएको पनि उनले बताएका थिए ।
*सेमेस्टर प्रणालीमा थोरै विद्यार्थी छन् त्यसैले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर परीक्षा सञ्चालन गर्न अनुरोधसमेत गरिएको छ,* उनले भने! *परीक्षा रोकेर नयाँ प्रणालीमा जाँदा झन् विद्यार्थीहरूलाई नै समस्या हुने देखिएको बताए ।* अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने पनि उनले जानकारी दिए ।
भदौ ५ पछि को*रोना संक्र*मण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षा के गर्ने भन्नेबारे पछि नै बैठक गरेर निर्णय गर्ने त्रिविले बताएको छ ।





प्रतिक्रिया दिनुहोस