पाँच वटा प्रदेशमा आजदेखि खोप लगाइने
1620 Views
काठमाडौं, २५ साउन, खोज मिडिया । सरकारले आजदेखि भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाइदिने भएको छ ।
प्रदेश–१ र प्रदेश–२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान शुरु हुनेछ । प्रदेश–१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइनेछ ।
खोप लगाउनका लागि काठमाडौंमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा पनि सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूले खोप केन्द्र तोकेका छन् ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरूमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस