आजदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनिका खोप दिने तयारी कुन कुन उमेरकोले लगाउने
682 Views
काठमाडौँ , खोज मिडिया २५ साउन । सरकारले आजदेखि को*रोनावि*रूद्ध अस्ट्राजेनिका खोप लगाउने भएको छ । पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख नागरिकलाई सोमबारदेखि यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले बताएको छ ।
दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ। साउन २५ गतेबाट अस्ट्राजेनिका खोप लगाउने अभियान सुरू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले बताएका छन्।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बि*रामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ । भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ।
वैदेशिक रोजगारी/ अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति/ मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति/ अंग प्रत्या*रोपण गरेका व्यक्ति तथा अर्बुद रो*गका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ। मन्त्रालयले प्रदेश र सबै जिल्लामा खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको छ। 





प्रतिक्रिया दिनुहोस