ओरेक सिरहाद्धारा सुत्केरी र गर्भवतीलाई खाद्यान्न सहयोग
950 Views
शम्भु चौधरी सिरहा २४ साउन । ओरेक परियोजना कार्यालय सिरहाले लहान नगरपालिकाको ११,१२,१३ र २४ लगायत चार वटै वडाका सय जना गर्भवती, सुत्केरी एकल महिला, शारिरिक अशक्त भएका व्यक्ति र अतिविपन्न परिवारलाई श्रावन २४ गते आइतबारका दिन खाद्यान्न सहयोग गरेको छ ।
लहान नगरपालिका वडा नं ११ मा वडा सदस्य चलितर राम, वडा नं १२ मा ओरेकको केन्द्रिय सदस्य श्याम साह, वडा नं १३ मा वडा अध्यक्ष ईश्वर वस्नेत र वडा नं २४ मा ओरेकको जिल्ला संयोजक शर्मिला निरौलाको हातबाट खाद्यान्न वितरण गरिएको हो ।

राहत समाग्रीमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन, एक प्याकेट मास्क र प्याडको लागि प्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको ओरेककी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले बताउनुभयो ।
कोरोना महामारीका दोस्रो लहरका कारण अहिले पनि अवस्था समान्य नभएको हुँदा ओरेकले दिएको खाद्यान्नले एउटा गर्भवती तथा सुत्केरी महिलालाई एक महिनाको लागि पुग्ने खाना र सरसफाईका सामाग्री दिएको ओरेक परियोजना कार्यालय सिरहाकी संयोजक शर्मिला निरौलाले जानकारी दिनु भयो ।





प्रतिक्रिया दिनुहोस