अविभावक बिहिन तथा अनाथ बालबालिकालाई लत्ताकपडा संगै साउन महिनामा खिर खुलाउने कार्यक्रम सम्पन्न(पोखरा लेडी जेसिज)
779 Views
कास्की , खोज मिडिया २४ साउन । वि सं २०७८ श्रावण २३ गते शनिवार तदनुसार अगस्ट ७ तारीख २०२१ का दिन पोखरा लेडी जेसीजको आयोजनमा अभिभावक विहीनअनाथ बालबालिका लाई श्रावण महिनामा खिर खाने र लत्ता कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
पोखरा लेडि जेसिज बर्ष २०२१ का अध्यक्ष जेसिज कमला शर्मा कडेल(बिनिता) ज्यु को अध्यक्षतामा पोखरा सराङकोट काे समन्वय नेपाल मा अवीभावक विहीन बच्चा लाई लक्षित गरी सप्पन्न भएको थियो । उक्त कार्यक्रममा अथिति समन्वय नेपाल का व्यवास्थपाक निर्मला थापा ज्युले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
उक्त कार्यक्रम आस्था पाठ सकुन पाैडेल ज्युले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य जे.सीज लेडिका कार्यक्रम संयोजक बिनिता सुवेदी ज्यु ले गर्नु भएको थियो । कार्यक्रममा पोखरा लेडि जेसिज काे पदाधिकारीहरु र सदस्यहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम को संचालन पोखरा लेडि जेसिजका सह सचिब जेसीज प्रमिला सुवेदी ज्यूले गर्नु भएको थियो । नेपालमा चलिआएको प्रचलन असार महिनामा दहि र चिउरा खाने , साउन महिनामा खिर खाने प्रचलनलाई ध्यानमा राख्दै अविभावक बिहिन अनाथ बालबालिकाहरुलाई खिर खुवाउने कार्यक्रम संचालन गरिएको थियो ।
पोखराको सरङ्गकोट स्थित उक्त बालबालिकालाई खानको लागि खिर मात्रै नभई लगाउनका लागि लत्ताकपडा पनि वितरण गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस