पोखराको नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन जोड
521 Views
कास्की, खोज मिडिया २४ साउन । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन ।
कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहद्वारा निर्मित सभाहल शनिबार उद्घा*टन गर्दै यस क्षेत्रको बृहत विकासमा नियालेडाँडा लाई सँग-सँगै अघि बढाउनुपर्ने बताउएका छन । पुम्दी भुम्दीमा विश्व शान्ति स्तुप र हालै निर्मित विशाल महादेवको मूर्ति पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा कालाबाङ घरेडीदेखि थाप्लेडाँडा (उल्लेरी–ढाँवा)सम्मलाई पनि सोहीरूपमा विकास गर्न बृहत योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन ।
यस क्षेत्रको विकासका लागि छोरेपाटनबाट शान्ति स्तुपा/ लुकुन्स्वाँरा/ कालाभाङ/ काभ्रे र उल्लेरी ढाँवा हुँदै कुभिण्डेसम्मको सडक कालोपत्र गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको र यसमा रू ५५ करोडको लागत अनुमान गरिएको बताएका छन ।





प्रतिक्रिया दिनुहोस