‘भ्वाइस अफ नेपाल’ सिजन-३ को विजेता बने *किरण गजमेर*
678 Views
काठमाडौँ , खोज मिडिया २४ साउन । गायन रियालिटी शो (द भ्वाइस अफ नेपाल ३) को उपाधि किरण गजमेरले जितेका छन् भने किरण टीम प्रमोदका हुन् । विजेता किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । भुटानी शर*णार्थीका रुपमा कष्टकर जीवन बिताइरहेका किरण अमेरिका पुनर्वास भएका थिए । उनी भ्वाइसमै सहभागिता जनाउन नेपाल आएका थिए ।
फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ/ प्रमोद खरेल/ राजु लामा र तृष्णा गुरुङ टिमबाट एक-एक जना प्रतिस्पर्धी फाइनलमा पुगेका हुन् । टिम प्रमोदबाट किरण गजमेरसँगै टीम दिपबाट आर्यन तामाङ, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई फाइनलमा पुगेका थिए ।
हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन् । उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल पुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बितेको हो । अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए।
किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन् । उनले सेमिफिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन् । रवि र किरणबिच कडा प्रतिस्पर्धा चलेको थियो। तर कार्यक्रमको नियमअनुसार एकजना बाहिरिनु पर्ने थियो। जसमा रविले किरणको भन्दा कम भोट पाएर बाहिरिएका थिए ।
किरणले ब्लाइन्ड अडिसनमा गायक सुजन चापागाईको तिनपाते गीत गाएर चारै जनाको कोचलाई घुमाउन सफल भएका थिए । ब्लाइन्ड राउण्डदेखि नै किरणले निकै प्रशंसा तथा फ्यानको साथ र माया पाएका छन् । हरेक शुक्रवार र शनिवार राति ८ प्रशारण हुँदै आइरहेको शो को फिनाले शनिवार बेलुकी ८ बजेबाट सुरु भएको थियो ।
मध्यराति सवा १२ बजे विजेताको नाम घोषणा गरिएको हो । शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबिच निकै कडा प्रतिस्पर्धा थियो । अडियन्सले दिएको भोटको आधारमा प्रतिस्पर्धीमध्ये एक जना विजेता भएका छन ।





प्रतिक्रिया दिनुहोस