छ दिनपछि बेनी –जोमसोम सडक संचालनमा
1043 Views
बाग्लुङ्ग , खोज मिडिया २४ साउन । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा ख सेको प हि रो र स्थानीयवासीको अव रोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द रहेको थियो ।
मुस्ताङका जनप्रतिनिधि/ दुवै जिल्लाका प्रशासन/ सुरक्षा निकाय र बेनी,जोमसोम,कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
मुस्ताङका प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली/ चन्द्रमोहन गौचन/ प्रजिअ श्रीनाथ पौडेल/म्याग्दीका प्रजिअ गणेशबहादुर अधिकारी/ सेनानी केशव सिलवाल/ प्रनाउ राई/ सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ/ राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत महेश गुरुङसहितको उपस्थितिमा शुक्रबार काभ्रेमा छलफल भएको थियो ।
प हि राले काभ्रेमा करिब १५ मिटर सडक भा*सिएको स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका स्थानीयवासी खड्क खत्रीले बताए । जग्गाको क्ष तिपू र्तिका लागि तत्कालै प्रक्रिया अघि बढाउने र बर्खालगत्तै संरक्षणको काम गर्ने सडक आयोजनाले प्रतिबद्धता जनाएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदै म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका स्थानीयवासी समस्यामा परेका थिए । आवतआवतका लागि गाडी परिवर्तन गर्नुपर्ने झन्झट थियो । ढुवानी र निकासी ठप्प बनेको थियो । बिरामीलाई अस्पताल लैजान समस्या भएको थियो ।
मर्मतपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडक प हि राका कारण पटक*पटक अ*वरु*द्ध हुँदा सास्ती भएको छ । म्याग्दीको राहुघाट/ बेगखोला/ रुप्सेखोला र काभ्रेभिरमा सडक अ*वरु*द्ध हुने गरेको छ ।
सडक विस्तारका क्रममा पहिराले क्ष*ति पु¥याएको जग्गा जमिनको क्ष*तिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए । म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले आयोजनाले सडक विस्तारका क्रममा क्षति पुगेको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने र जोखिममा परेका बस्ती संरक्षण गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको बताएका छन ।





प्रतिक्रिया दिनुहोस