एमाले द्वारा स्थायी र केन्द्रीय कमिटी बैठक बोलाए
500 Views
काठमाडौँ , खोज मिडिया २४ साउन । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएका छन । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिएका छन ।
उक्त बैठकपछि सोमबार नै केन्द्रीय कमिटी बैठक राखिएको उनले बताए । स्थायी र केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति भवनमा बस्ने तामाङले बताए । एमालेले आइतबारका लागि यी बैठक बोलाए पनि पार्टी एकताका पहलका लागि भन्दै एक दिन बैठक सारिएको छ । एमालेमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विभिन्न विषयमा कुरा मिलेको भने छैनन ।
पछिल्लो समय नेता नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ मा विश्वासको मत दिएका थिए । पार्टी एकताका लागि पहल भइरहेको दुबै पक्षका नेताहरू बताउँछन् तर दुबै पक्षका स्थायी र केन्द्रीय कमिटी बैठक भिन्नाभिन्नै रूपमा भइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस