लेखनाथमा पर्यटकीय सम्भावना भएपनि ओझेलमा (पर्यटन मन्त्री कँडेल)
603 Views
कास्की , खोज मिडिया २४ साउन । गण्डकी प्रदेशका पर्यटन/ उद्योग/ वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र कँडेलले व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्था गर्ने बताएका छन । मन्त्री कँडेलको सम्मानमा होटेल तथा रेष्टुरेन्ट एशोसिएशन, लेखनाथद्वारा हिजो बेगनास तालमा आयोजित स्वागत कार्यक्रममा उहाँले को*रोना प्रभा*वित व्यवसायलाई पुनरुत्थान गर्न माग अनुसार खोपको व्यवस्थापन गर्न सरकार गम्भीर रहेको बताएका छन ।
पर्यटकीय रुपमा लेखनाथ क्षेत्र धेरै सम्भावना भएर पनि ओझेलमा परेको उल्लेख गर्दै उहाँले यसका लागि यहाँका सरोकारवालाको निरन्तर सक्रियता आवश्यक हुनेमा जोड दिए । उहाँले तालको संरक्षणका लागि जलाधार क्षेत्रबाट आउने गेग्रानको नियन्त्रणका लागि तत्काल पहल थाल्न सरोकारवाला सबैसँग आग्रह पनि गर ।
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले सम्भावना भएर पनि ओझेलमा परेको लेखनाथ क्षेत्रको पर्यटकीय विकासलाई चासो दिन मन्त्री कंडेललाई आग्रह गरेका थिए । सो तालका डुङ्गा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेलले को*रो*नाका कारण प्रभावित पर्यटनलाई जोगाउनका लागि राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिए । होटेल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष दुर्गाप्रसाद अधिकारीले प्राकृति रुपमा सम्पन्न लेखनाथमा बाटोघाटोलगायत पूर्वाधार विकासमा राज्यले चासो दिनुपर्ने आवश्यकता औँलाएका थिए ।
पचभैया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीनानाथ ढकालले लेखनाथ क्षेत्र अझै पनि सरकारको प्राथमिकतामा नपरेको बताउँदै राजनीतिक तहबाट आश्वासनभन्दा पनि कार्यान्वयनको पाटोलाई ध्यान दिन आग्रह गर्नुभयो ।
होटेल तथा रेष्टुरेण्ट एशोसिएशन/ लेखनाथका अध्यक्ष अर्जुनप्रसाद लम्सालले लेखनाथलाई सात तालको शहर भनिए पनि त्यस अनुरुप यसको प्रवर्द्धन र विकासमा सरकारको ध्यान नपुगेको गुनासो गर्नुभयो । बउक्त अवसरमा मन्त्री कँडेलले बेगनास ताल/ बराह/ माझीकुनालगायत स्थानमा पुगी त्यहाँका धार्मिक पर्यटकीय सम्भावना बारे जानकारी लिनुभएको थियो ।





प्रतिक्रिया दिनुहोस