(सम्भोटा लिपि) प्रशिक्षण कार्यक्रम आजबाट संचालनमा (तामाङ्ग बौद्द सेवा समिति संगमटोल १३ )
1025 Views
पोखरा , खोज मिडिया २३ साउन । २७ औं विश्व आदिवासी दिवसको पूर्व सन्ध्यामा बौद्ध दर्शन र शास्त्र अध्ययनलाई सहज बनाउने हेतुले (सम्भोटा लिपि प्रशिक्ष्र्ण) कार्यक्रम आजबाट सुरु गरिएको छ ।
वौद्द धर्मावलम्वी हरुले विषेस गरि लामा धर्म गुरुद्वारा लिईने शास्त्रिये ज्ञान हो (सम्बोटा लिपि) । साम्बोटा लिपि प्रशिक्षण कार्यक्रम तिन महिना सम्म हुने जनाएका छन ।
उक्त कार्येक्रमको प्रमुख अतिथिको रुपमा पोखरा नगर तामाङ्ग घेदुङ्गका निवर्तमान अदक्ष्य दिपक वाइबा लाई आमन्त्रित गर्नुभएको थियो भने उक्त कार्येक्रमको छ्योमेमा दीप प्रज्वलन गरि ज्ञानमूलक पुण्यकार्यको सुभारम्भ गर्नुभएको थियो ।
सम्बोटा लिपि ज्ञान प्रशिक्षक पोखरा संगमटोलमा अवस्थित श्री ङग्युर छ्योखोर्लिङ गुम्बाका लामा धर्म गुरु सम्तेन लामा र उहाँ संगै एक जना सहयोगी गुरु पनि रहनुभएको जनाएको छ ।

उक्त कार्यक्रमका प्रमुख अथिति दिपक वाइबा द्वारा आफ्नो फेसबुक मार्फत प्रशिक्षणमा सहभागी उपासक उपासिकाहरु लगायत नेपाल तामाङ्ग घेदुङका जिल्ला , महानगर र ईकाई अध्यक्ष एवम् पदाधिकारी ज्युहरु सम्पूर्णमा हार्दिक धन्यवाद आभार व्यक्त गर्नुभएको छ ।
दिपक वाईबा (नेताघे) का निवर्तमान अधक्क्ष हुन् भने हाल गण्डकी प्रदेशका प्रमुख सल्लाहकार पनि हुन् । 





प्रतिक्रिया दिनुहोस