गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा विद्यालय भवनको उद्घाटन
479 Views
गैंडाकोट , खोज मिडिया २३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासको कामले तीव्रता पाएको बताएका छन । नवलपरासी *बर्दघाट–सुस्तापूर्व* को गैँडाकोट–१ धारापानीस्थित नवदुर्गा आधारभूत विद्यालय भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले जिल्लाको नारायणी नदीबाट त्रिवेणीसम्म जल यातायात, बिपी अन्तर्राष्ट्रिय खेल मैदान तथा ट्रमा सेन्टरको काम अगाडि बढेसँगै जिल्लामा विकासको गतिले तीव्रता पाएको बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले गैँडाकोट–बुलिङटार जोड्ने सडक निर्माणको कामले पनि गति लिएको उल्लेख गर्दै प्रदेशका सबै नागरिकलाई को*रोनाविरु*द्धको खोप दिलाउन सरकार प्रतिबद्ध छ भनी जानकारी दिएका छन ।
भुक*म्पले सो विद्यालयको भवन भ*त्कि*एपछि सोही स्थानमा प्रदेश सरकार संसद् विकास कोषको रु २१ लाख १० हजार बजेटबाट निर्माण शुरु गरिएको थियो । विद्यालयको भवन निर्माणका लागि अपुग रकम स्थानीय श्रमदान/ विद्यालयको आन्तरिक स्रोत र चन्दा सङ्कलनबाट जुटाइएको विद्यालयका प्रधानाध्यापक शक्तिप्रसाद कँडेलले जानकारी दिएका छन ।





प्रतिक्रिया दिनुहोस