नेबिको बिस्कुट कम्पनी प्रालिमा लागेको आ*गो नियन्त्रणमा आउँदै
894 Views
काठमाडौँ , खोज मिडिया २३ साउन । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आ*गो निय*न्त्र*णमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आ*गो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो ।
नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालीमा आज बिहान एक्कासी आ*गलागी हुँदा उत्पादित सामग्री ज*लेर न*ष्ट भएको छ । कम्पनीभित्र प्रज्व*लनशील पदार्थ बढी रहेकाले आग*लागी निय*न्त्रणमा समस्या भएको महानगरीय प्रहरीवृत्त बालाजुका प्र*हरी वरिष्ठ उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो छ ।
(बिस्कुट उत्पादन गर्ने कम्पनीमा घ्यु/ मैदा/ चिनी प्लाष्टिकजस्ता सामग्री हुँदा आ*गोले झन् ठूलो रुप लिन पुग्यो/ त्यसैले आ*गो नियन्त्रणमा समस्या परेको हो)। डिएसपी बुढाथोकीले भन्नुभयो । आग*लागी शुरु भएपछि बालाजु वृत्तको प्रहरी टोली बिहान २ः२० बजेदेखि नियन्त्रणमा खटिएको उहाँको भनाइ छ । आग*लागी निय*न्त्रणमा लिन नेपाली सेना* नेपाल प्रहरी/ सशस्त्र प्रहरी बल/ काठमाडौँ महानगरपालिका/ ललितपुर महानगरपालिकाका नौ दमकल प्रयोग गरिएका छन् । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरिरहेका छन् ।
काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालीमा आग*लागी हुँदा मानवीय क्षेति भने नभएको प्रह*रीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालीले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आग*लागी भएको थियो ।
नेबिको प्रालीका ब्राण्ड मेनेजर अरुण पौडेल अहिलेसम्म आ*गो पूर्णरुपमा निय*न्त्रणमा आइनसकेकाले केकति क्ष*ति भयो भन्नेबारे यकीन तथ्याङ्क निकाल्न नसकिएको बताउनुहुन्छ । घरभित्र आ*गो लागेकाले पनि निय*न्त्रणमा लिन कठिन भएको हो ।
आ*गो तिनतिरबाट निय*न्त्रणमा लिने प्रयास भइरहेको छ । तीन सय भन्दाबढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आग*लागी भएको भनिए पनि केकति कारणले आग*लागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन । उक्त कम्पनी दैनिक १६ घण्टा सञ्चालन हुँदै आएको थियो ।
नेबिको प्रालीले वार्षिक रु एक अर्ब १५ करोडभन्दा बढी रकम बराबरको सामग्री बजारमा बिक्रीका लागि पठाउँदै आएको थियो । सन्ताउन्न वर्ष पहिले स्थापना भएको उक्त कम्पनीले विभिन्न नामका बिस्कुट, कुकिजलगायतका सामग्री उत्पादन गर्दै आएको थियो । चार युनिटमार्फत काम गर्दै आएको उक्त कम्पनीले भैरहवामा समेत शाखा विस्तार गरेर काम गर्दै आएको ब्राण्ड मेनेजर पौडेल बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस