३,२१८ जनामा कोरोना सङ्क्रमण र १९ जनाको मृत्यु
873 Views
रोमन लामा
रामेछाप २३ श्रावण खोज मिडिया। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ PCR परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३,२१८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस