स्वास्थ्या तथा जनासंग्ख्या मन्त्रालय द्वारा भीड धेरै भएपछि खोप केन्द्र थप
328 Views
काठमाडौँ , खोज मिडिया २३ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले को*रोना भाइ*रस विरु*द्धको खोप लगाउने खोप केन्द्र थप गरेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले खोप लगाउनेको भी*ड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताएका छन ।
उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पुर्याइएको छ ।
उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा को*रोना भाइ*रसविरु*द्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका बताएका छन ।





प्रतिक्रिया दिनुहोस