काठमाडौँ को यी ठाउहरुमा मनाईयो घण्टाकर्ण पर्व
484 Views
काठमाडौँ , खोज मिडिया २३ साउन । प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् (घण्टाकर्ण) पर्व हिजो राजधानीको भित्री सहरमा मनाइएको थियो । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व साँस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाइने गरिन्छ । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइने गरिन्छ ।
परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नर*भक्षी रा*क्षस मा*रिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट/ निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन रहको छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरालगायत रोग नलाग्ने विश्वास रहेको बताउएका छन ।
यसैगरी बिहानै स्नान/ पूजापाठ गरी घरआँगन सफा गरिने/ केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन पनि रहेको छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने प्राचलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ/ ललितपुर र भक्तपुरका भित्री भागमा मनाईने गरिन्छ ।
यसो गर्नाले नव विवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त धार्मिक विस्वास रहेको छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मानिन्छन । आज विभिन्न धातुबाट बनेका औँठी किनेर लगाएमा नकारात्मक तत्वबाट शरीरलाई रक्षा गर्छ भन्ने विश्वाससमेत रहेको बताएको छ । यसैकारण आज धातुका औँठी किन्नेको भीड लागने गर्दछ । यस वर्ष भने को*रोना भा*इरसको स*ङ्क्र*मण फैलन सक्ने भयले बजारमा औँठी किन्नेको भीडभाड कमै देखिएको थियो ।





प्रतिक्रिया दिनुहोस