अप्रतक्क्ष्य र अस्वभाविक नम्बर दिएका कारण परिक्षाफल प्रकाशित ढिलाई
408 Views
काठमाडौँ , खोज मिडिया २२ साउन । देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई (ए) र (ए प्लस) नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । परिक्षा बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताएका छन ।
प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले (ए) र (ए प्लस) ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा ग*म्भीर छलफल भएको थियो । स्रोतका अनुसार विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई (ए) र (ए प्लस) नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको छ ।
केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको यस्तो अवस्था देखेपछि तत्काल छानबिन गर्ने निर्णय गरेको छ । बोर्डको भर्चुअल बैठकमा अचम्मित बन्दै बोर्डका अधिकारीले प्रश्न गरेका थिए , यस्तो अप्रत्या*शित र अस्वा*भाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ रर ? यस्तो ग*म्भीर विषयमा तत्काल जिल्ला शिक्षा समन्वय इकाइमार्फत विद्यालयको बारेमा छानबिन गर्नुपर्ने उनले बताए ।





प्रतिक्रिया दिनुहोस