नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजारले बढ्यो सुरक्षित रहन मन्त्रालयको आदेश
295 Views
काठमाडौँ , खोज मिडिया २२ साउन । पछिल्लो २४ घण्टामा देशभर को*रोना संक्रमणबाट थप २५ जनाको मृ*त्यु भएको छ । योसँगै नेपालमा को*रोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।
२४ घण्टामा १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३७ सय २९ जनामा को*रोना भाइ*रस ९ कोभिड ९१९० संक्र*मण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ९ हजार ४९३ नमूनाको पीसीआर र ६ हजार १८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो । जसमध्ये २४ सय ३० नमूनाको पीसीआरबाट र १२सय ९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १८ सय ८५ जना कोरो*नामुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म को*रो*नाका सक्रिय संक्र*मितको संख्या ३४ हजार ९४२ जना रहेको छ। यस्तै, ७३२ जनाको आइसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। होम आइसोलेसनमा ३१ हजार ४२७ जना र संस्थागत आइसोलेसनमा ३५ सय १५ जनाको उपचार भइरहेको छ भने ३५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्या मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस