भन्सार छलेर भित्राएको ७८ लाख मुल्य बराबरका मोबाइल सेट बरामत
434 Views
नवलपुर,खोज मिडिया २२ साउन । भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्र*हरीले बरा*मद गरेको छ ।
पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी *बर्दघाट–सुस्तापूर्व*को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरा*मद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन ।
दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ रहेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटि*एको प्र*हरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरिएको गिरीले बताए ।
भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उनको भनाइ छ । भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले निय*न्त्र*णमा लिएको छ । उनीहरु दुवैलाई दुम्किबास प्रह*रीको हिरासतमा राखिएको उनले बताए ।





प्रतिक्रिया दिनुहोस