बाजुरामा बालबालिकामा निमोनिया बढे लगतै बिरामीले अस्पताल भरिभराउ
429 Views
बाजुरा, खोज मिडिया २२ साउन । जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा.प्रकाश जोशीले बताए ।
निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा.जोशीको भनाइ छ । हाल अस्पतालमा १३ बालबालिकाको उपचार भइरहेको छ । सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा को*रोना स*ङ्क्र*मण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन ।
केही दिनअगाडि कोरोना हो कि भन्ने शङ्कामा जिल्ला अस्पतालमा भर्ना भएका १३ बालबालिकाको स्वाब सङ्कलन गरी डोटी प्रयोगशालामा पठाउँदा एक जनामा को*रोना पोजे*टिभ देखिएको अस्पतालले जनाएको छ ।
कतिपय बच्चा सामान्य रहेको भए पनि धेरै बच्चा भने जटिल अवस्थामा रहेकाले अक्सि*जनको सहारा दिनुपरेको अस्पतालले जनाएको छ । जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालमा पनि निमो*नियाका बि*रामी उपचारमा आउने गरेको बताए ।





प्रतिक्रिया दिनुहोस