दार्चुला तुइन घटना प्रकरण सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण गरिदै
393 Views
दार्चुला,खोज मिडिया २२ साउन। महाकाली नदीमा जयसिंह धामी बे*पत्ता भएको घ*ट*नाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घट*नास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घट*नास्थल निरी*क्षणमा पुगेको हो ।
व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घ*ट*नास्थल पुगेका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो ।
घट*नास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घ*ट*नास्थलको नि*रीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताए । महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ/ तर दुवैतर्फ तार छैन । रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ ।
छानबिन समिति घट*नास्थल भएको ठाउँबाटै फर्किएको जोशीले बताए । (भारतीय एसएसबीले सहजीकरण मात्रै गरिदिएको हो)। उनले भने! *त्योबाहेक अन्य विषयमा छलफल भएको छैन ।* छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल/ राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा/ सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य छन् ।
यस्तै छानबिन टोलीसँगै सशस्त्र प्रहरी ४४ नं गण दार्चुलाका गणपति नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट पनि घटनास्थल पुगेका थिए । भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमान्डेन्ट महेन्द्रप्रताप सिंह नेतृत्वको टोली सहभागी थियो ।
छानबिन समितिले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजना बनाएको छ । नेपालतिरबाट पैदलै हिँडेर जान सम्भव छैन । समितिले हेलिकप्टरमार्फत व्यासको मालगाउँ जाने तयारी गरेको छ ।
छानबिन टोली एसएसबीसँगै आएको भन्दै प्रदर्शन सुरु गरेका थिए । नेपालतिरबाट छानबिन समिति नआएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी कार्यकर्ता र स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर नाराबाजी गरेका थिए । उनीहरुले राष्ट्रिय झण्डा र चन्द नेतृत्वको झण्डा देखाउँदै नेपालबाट आएर पनि अनुसन्धान गर्न माग गरेका थिए ।
*एसएसबीले नै घटना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुको औचित्य छैन*। चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव सुवास मल्लले भने! *आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । यसको हामीले भन्दा पनि जनताले नै विरोध गरेका हुन् ।*
आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ? आफैँ अनुमान लगाउनुस्! उनले भने ,
जयसिंह धामीको घट*नाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी/ विक्रम रङ्कोली र अनिता धामीलाई प्र*हरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पु¥याएको छ । यही साउन १८ गते सोधपुछका लागि प्र*हरीको निगरानीमा खलङ्गा पु¥याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पु¥याइएको हो ।
खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो भने बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाई तीनै जनालाई बिहीबार बिहान ५ बजे खलङ्गाबाट हिँडाइएको हो ।
बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएनन् । प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलगअलग हिँड्न लगाइएको थियो । प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्र*हरी तिमुरपाटा पुगेको थियो ।
बुधबार दिनभरि जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको बयान लिइएको थियो तर दस्तखत गर्न छुटेको भन्दै प्रह*रीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो । प्रत्यक्षदर्शीसँग दुईजना प्र*हरी पठाइएको जानकारी दिएका छन ।





प्रतिक्रिया दिनुहोस