सुनको सिक्रिसहित ट्रोल बनेका यी युवा यसो बताउछन आफ्नो बारे
614 Views
काठमाडौं,खोज मिडिया २२ साउन । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खा*रेज गरेको विरो*धमा प्रदर्शनमा उत्रिएका सुनको सिक्री लगाएका एक जना युवकको तस्बिर सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल बनेको छ ।
भा*इरल बनेका युवक एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता रहेको खुलेको छ । उनको नाम वीरबहादुर श्रेष्ठ (सुमन) हो । उनको स्थायी घर सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा पर्छ । उनी हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका छन् ।
युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थित जडी*बुटीमा सरकार वि*रुद्ध प्रदर्शन गरेको थियो । सो प्रदर्शनमा श्रेष्ठले सुनको ठूलो सिक्री लगाएको तस्बिर सामाजिक सञ्जालमा ट्रोल बनेको छ । वि*रोधीहरूले तस्बिरलाई राखेर आलोचना गर्न भने पछि परेका छैनन् ।
सामाजिक सञ्जालमा भाइर*ल बनेका श्रेष्ठले आफू सुकुम्बासी नभएको पत्रकारहरूलाई बताएका छन् । युवा संघको आन्दोलनमा ऐक्यवद्धता जनाउन आएको बताए । श्रेष्ठले सुन लगाउने आफ्नो सोख रहेको पनि प्रतिक्रिया जनाएको छ ।





प्रतिक्रिया दिनुहोस