माओवादी केन्द्रबाट निर्वाचित भई एमाले प्रवेश जनप्रतिनिधिको खारेज अस्विकार
329 Views
काठमाडौं, । सखोज मिडिया २२ साउन । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएर एमाले प्रवेश गरेका जनप्रतिनिधिको पुनर्बहाली गर्ने आफ्नै अन्तरिम आदेश खा*रेज गर्न अस्वी*कार गरेको छ । साथै अदालतले विपक्षी बनाएका जनप्रतिनिधिलाई जानकारी दिन आदेश दिएको छ ।
नेकपा विभाजनपछि एमालेतर्फ लागेका जनप्रतिनिधिको पुनर्बहाली गर्ने अन्तरिम आदेश खारे*जीको माग गर्दैे माओवादी केन्द्रका अध्यक्ष दाहालले भ्याकेट निवेदन दर्ता गरेको हो ।बिहिबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई/ बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको पूर्ण इजलासले प्रचण्डले दायर गरेको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खा*रेज गर्ने अश्वीकार गरिएको हो । सर्वोच्चले अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेसँगै माओवादीबाट एमाले प्रवेश गरेका जनप्रतिनिधीको पद कायम रहनेछ ।
अदालतले प्रचण्डले विपक्षी बनाएका २१ जना जनप्रतिनिधिलाई मुद्दाको सूचना दिने आदेश गरेको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर-उपमेयर, गाउँपालिकाका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कार*वाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो ।
माओवादी केन्द्रले पदमुक्त गराएपछि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएका थिए । उनीहरुलाई पार्टीको अनुशासन उल्लंघन गरेको र दल त्याग गरेको भन्दै कारबाही गरिएकाले अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै प्रचण्ड अदालत पुगेका थिए । अदालतले अब दुबै पक्षको कुरा सुन्दै अन्तरिम आदेश खारेज गर्ने या नगर्ने भन्ने विषयमा विचार गर्नेछ ।
यी हुन् माओवादीबाट एमाले प्रवेश गरेका जनप्रतिनिधि ;- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह/ कटहरीयाका मेयर सियराम कुशवाहलगायत वडाध्यक्षदेखि मेयरसम्मका १४ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएका थिए ।
त्यस्तै रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परनीया देवी/ मैलापुर नगरपालिकाका उपप्रमुख गौरिशंकर प्रसाद/ फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी/ रौतहटकै माधवनारायण नगरपालिकाका उपप्रमुख सिमल कुमारी शाह/ रौतहट यमुनामाई नगरपालिकाका उपाध्यक्ष गितादेवी साह/ महोत्तरी साम्सी गाउँपालिका अध्यक्ष शेष फारुक/ कैलाली भजनी नगरपालिकाका उपप्रमुख छाँयादेवी देवकोटा लगायतका जनप्रतिनिधि माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।





प्रतिक्रिया दिनुहोस