साउन ३१ गते सम्पूर्ण विद्यार्थीलाई भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गरौँ
1232 Views
अपार अधिकारी
आज जे मनमा छ त्यहीँ लेख्छु !
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा साउन ३१ गते गर्ने भनि निर्णय गरे
“हामीले परिक्षा दिने हो कि सजाय दिएको हो”?
कोरोना बढेको बढे छ, अझ डेल्टा भेरियन्ट आएको छ, तेस्रो लहरले आम विद्यार्थी प्रभावित हुने कुरा आइरहेको छ । तर, नालायक सरकार, गैरजिम्मेवारी परीक्षा बोर्डलाई विद्यार्थीको स्वास्थ्य भन्दा पनि परीक्षाकै पिर छ, परीक्षा ढिलो भएर केहि हुन्न वा अनलाइन परीक्षा गराएर त्यसलाई सदर गर्ने नियम बनाऔँ।
डिप्रेसन जोक, मजाक हैन । विद्यार्थी लाई परिक्षाको तनावले गर्दा ज्यान तलमाथि भयो भने सरकार ति स्तब्धदिप बा आमा लाई के जवाफ दिन्छस ? नयाँ विद्यार्थी त पक्कै पाँउला सरकारले तर आमा बुवा ले नयाँ छोराछोरी पाँउदैनन, हेक्का रहोस्। अस्ति भर्खरै बि.बि.एस परिक्षा दिई घर फर्कनु भएकी सुर्खेत कि एउटा दिदी ले परिक्षा बिग्रेको भन्दै आत्महत्या गर्नु भयो। “परिक्षा सवैथोक हैन नसोच्नुहोला जिन्दगीमा हजारौं परिक्षा आउँछन कहिले लेखेर त कहिले भोगेर दिनु” भनि सम्झाउने म स्वंम केहि दिन यता तनाब ग्रस्त बाताबरणमा बाँचेको छु।
अमेरिका, इन्डियन, फिलिपिन्स जस्तो देशहरूमा +2 आन्तरिक मुल्याँकनमा नै भएको छ, जुन देशमा खान लाँउन गाह्रो छ, खोप, भेन्टिलेटर मागेर ल्याउन परेको छ अझ यस्तो अवस्थामा परिक्षा भौतिक रूपमा लिने, थुक्क बुद्दी गुमेका पाखडीहरु अनि हैसियत गुमाएर दम्भ र घमण्डले यस्तो ठुलो धाक ? कुनै वक्तित्वकलमा विद्यार्थी लाई कलम ठुलो कि तरबार सोध्दै गर्दा कलम ठुलो हो भन्ने बिद्यार्थी लाई तरबार ठुलो हो भन्न यो परिक्षा बोर्डले बाध्य नबनाओस। कि यदि हामी लाई टेन्सन बिना र कोरोना नआएको “घमण्ड हैन, गर्वका साथ भन्छु म फेल हुने विद्यार्थी हैन” तर अब यहीँ मिति मा यो 12 को Exam भयो भने नि म मा पास हुन्छु भन्ने कुनै आशा, अपिक्षा छैन। वा, सम्पूर्ण विद्यार्थीलाई भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गरौँ। नत्र विना तयारीको यो परीक्षा रोकौँ। यो परीक्षा होइन,यो विद्यार्थी र अभिभावकलाई बिना कारण दिएको सजाय हो !





प्रतिक्रिया दिनुहोस