कोरोनाको महामारीले छुटायो तिब्बतको रोजगारी
429 Views
बझाङ,खोज मिडिया १९ साउन । चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्षातको समयमा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै एक समय थियो । समयक्रमसँगै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सिमित रहेका भने हैनन् ।
पश्चिम नेपालको हिमाली जिल्ला बझाङ/ दार्चुला/ बाजुरा/ र हुम्लाका स्थानिय दैनिक ज्यालादारी काम/ खाद्यान्न र तरकारी लगायत दैनिक उपभोगका सामाग्री देखी लत्ता कपडा र ठुला-ठुला व्यापार व्यवसायका लागी पनि तिब्बत रोजगारीको आकर्षक गन्तव्य बन्दै गएको छ । चीनको ताक्लाकोटमा बझाङ /मुगु/ डोल्पा/ हुम्ला र दार्चुलाका गरी करिब दुई सय नेपाली व्यवसायी छन ।
ताक्लाकोट बजारमा नेपालीले बर्षौं देखी हातेहोजियारीका सामान/ नेपाली गलैँचा/ बांस/ निगालो/ छाला/ र अन्य हस्तकलाका सामानहरुको व्यापार गर्दै आएका छन । यस्तै मह/ घिउ/ छुप्री/ खुर्सानी लगायतका दैनिक उपभोग्य सामानहरु पनि चौरी/ भेडा र खच्चर मार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको गरेका छन । कोहि आफै त कोहिले भेडाच्याङग्रा र चौरी मार्फत भारी बोकेर राम्रै आम्दानी गरि रहेका थिए । तर कोरोना कहर सँगै तिब्बतको ताक्लाकोट बजार बन्द भएपछि उनीहरुको रोजगारी खो*सिएको छ ।
बझाङको साईपाल गाउँपालिका २ धलौनका मिलन धामी बैशाखकको अन्तिम साता तिर आफ्ना साथीहरुको साथमा कामका लागी तिब्बत तिर जान्थे । यो समयमा उनलाई काम गर्न भ्याई नभ्याई हुन्थ्यो । तर दुई बर्ष भयो कोरोनाका कारण चीन सरकारले नेपालीहरुको प्रवेशमा रोक लगाएपछि जान पाएका छैनन् । तिब्बतमा गरेको कमाईले परिवार पाल्ने गरेका धामी तिब्बतको रोजगारी गुमेपछि उनी यार्सागुम्बा तथा जडिबुडि संकलन गरिरहेका छन । तिब्बतस्थित पुराङ जिल्लामा बर्खा भरी मालबाहक गाडी लोड अनलोड गर्ने/ उन केलाउने/ भारी बोक्ने/ ईटा बनाउने काम गर्दै आएका धामीले महिनामा ८० हजार भन्दा बढी नेपाली रुपैया कमाउन्थे ।
तिब्बतमा ज्याला मजदुरीको काम गर्दा दैनिक १ सय २० देखी १ सय ५० युयान *करिब १९ सय देखी २५ सय नेपाली रुपैया* भन्दा बढी कमाई हुन्छ । तर विश्वभर महा*मा*रीको रुपमा फैलिएको कोरोना महामारीका कारण उनको रोजगारी खोसिएको हो । उनले भने भन्सारमा भारी वारपार गर्ने देखि उनले उच्च हिमालमा फल्ने बाली जौ काट्ने र चुट्ने काम पाईन्थ्यो । चार महिनाको अवधिमा आफ्नो खर्च कटाएर प्रतिव्यक्ती ५ लाख सम्म कमाई हुन्थ्यो । ४ बर्ष देखी बर्षाको समयमा ताक्लाकोट जाने गरेका थियौ । गतबर्ष बाट फैलिएको कोरोना महामारीका कारण चीन सरकारले प्रवेश निषेध गरेपछि जान पाएका छैनौ ।
हुम्लाको सर्किगाड गाउँपालिका २ का भक्ति बुढाका ३ सय भन्दा बढी भेडाच्याङग्रा छन । उनी नेपाल बाट ताक्लाकोटमा व्यवसाय गर्दै आएका नेपाली व्यापारीका सामान भेडाच्याङग्रा मार्फत ताक्लाकोट सम्म ढुवानी गरिदिन्छन । भेडाच्याङग्रा मार्फत मह/ घिउ/ छुप्री/ खुर्सानी लगायतका दैनिक उपभोग्य सामानहरु ताक्लाकोटमा पु¥याउदै आएका बुढासँग ताक्लाकोटमा राम्रै कमाई हुने गरेको अनुभव बताए ।
उनले भने भेडाच्याङग्रा मार्फत ताक्लाकोट सामान पुगाउन ८ दिन सम्म लाग्छ । एक चोटी ताक्लाकोट सामान पुगाउन सके १ लाख भन्दा बढी बचत हुन्छ । ताक्लाकोट बाट पनि नेपाल तिर सामान ल्याउन पाए राम्रै कमाई हुन्छ । तिब्बत तिर कमाई राम्रो हुन थाले पछि दुई जना भेडाच्याङग्रा हेरालु पनि राखे । तर गत बर्ष बाट कोरोना महामारीका कारण भएको लकडाउनले ताक्लाकोट जान पाएको छैन । अझै सम्म ताक्लाकोटमा नेपालीलाइ प्रवेश नगर्दा हाम्रो त रोजगारी नै खोसिएको छ । ताक्लाकोट जान नपाए पछि भेडा बाख्रा चराउन र जडिबुडी संकलन गर्न साईपाल पुगेको उनको भनाई छ ।
नेपाल चीन सिमा क्षेत्रका वासिन्दाका लागी सिमा क्षेत्र बाट ३० किलोमिटर सम्म को दुरीमा सम्बन्धित जिल्ला प्रसासन कार्यालयको प्रवेश अनुमति पत्रले प्रवेश गर्न पाईन्छ । प्रवेश सहज भएपछि सो क्षेत्र भित्र सयौको संख्यामा नेपाली युवाहरुले काम गरिरहेका छन् । एक त भिसा लगाउनु नपर्ने र अर्को पैसा पनि खर्च नहुने हुँदा राम्रो कमाई हुन्छ । मन लागेको बेला घर फर्किन सजिलो हुने र भिसाको पनि कुनै समस्या नहुने हुँदा खाडी मुलुक भन्दा ताक्लाकोट आर्कषण बढेको उनीहरुको भनाई छ । विभिन्न भौतिक संरचना निमार्णको कामले तिब्रता पाए सँग यो क्षेत्र सिमावर्ती जिल्लाका नेपालीहरुको लागी आर्कषक रोजगारीको गन्तव्य बन्दै गएको छ ।
ताक्लाकोट लगायत नजिकैका लुक्पु, खोचेर, लुकोट आदी ठाँउहरुमा नेपालीहरुले मजदुरीको काम गर्दै आएका छन । स्थानिय प्रशाशनले प्रत्येक ३ महिनामा नविकरण गर्ने गरि दिइने कामदार अनुमती पत्रको व्यवस्था सहज भएका कारण पनि सजिलो भएको नेपाली कामदारहरुको भनाई छ । भनेको काम गर्न मिल्ने र अरु देश जस्तो प्रक्रियागत अप्ठयारो पनि नहुने हुदाँ सहज भएको बताए ।
विभिन्न भौतिक संरचना निमार्णको कामले तिब्रता पाए सँग यो क्षेत्र सिमावर्ती जिल्लाका नेपालीहरुको लागी आर्कषक रोजगारीको केन्द्रका रुपमा विकास भएको छ । नेपाल चीन सिमा क्षेत्रका वासिन्दाका लागी प्रवेश अनुमति पत्रले सिमा क्षेत्र बाट ३० किलोमिटर सम्मको दुरीमा प्रवेश गर्न पाउने भए पछि सो क्षेत्र भित्र हजारौँ नेपालि युवाहरुले काम गरिरहेका छन् । सबै भन्दा बढी हुम्ला/ दार्चुला र बझाङ जिल्ला बाट दक्ष र अदक्ष कामदारको रुपमा आउने गरेको पुराङ जिल्ला पब्लिक सेक्युरीटी व्यूरोले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस