चर्चित पत्रकार अपिल त्रिपाठीको स्वास्थ्यमा एक्कासी समस्या एउटा अपरेशन सफल
1005 Views
पोखरा, साउन १९, खोज मिडिया । गण्डकी टेलिभिजन गण्डकी छड्के कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार अपिल त्रिपाठीको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना।
उनको हिजो एउटा अपरेशन समेत गरिएको उनका परिवारले उनको फेसबुकमार्फत जानकारी दिएका छन् । अपिल त्रिपाठीको फेसबुकमा सार्वजनिक गरिएको जानकारी अनुसार, त्रिपाठीको स्वास्थ्यमा सुधार आउने क्रम शुरु भएको छ। केही दिनको बसाइँ अस्पताल मै हुने फेसबुकमार्फत जानकारी दिइएको छन।
पत्रकार अपिल त्रिपाठी बिरामी भएर अस्पतालमा भर्ना भएको समाचार सार्वजनिक भए लगतै पत्रकार अपिल त्रिपाठीको कामलाई मन पराउने शुभचिन्तक, शुभेच्छुक, साथीभाई र सामाजिक अभियन्ताहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक संजालका भित्ताहरु रंगिन शुरु भएका छन् ।





प्रतिक्रिया दिनुहोस